राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली काठमाडौंमा बस्ने तय भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीसँग सम्बन्धित विषयमा छलफल हुने रास्वपाले जनाएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
