NM Khabar 27 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

• पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। • उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो। • पक्राउको कारण भने खुलाइएको छैन।
NM Khabar
NM Khabar
27 September 2026, 5:36 am १ मिनेट पढाइ
आकार:
चोलेन्द्र शम्शेर जबरा पक्राउ
Share:

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।

उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरिएको हो । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ ।

जबराविरुद्धको कसुरबारे भने अहिले कुनै जानकारी दिइएको छैन ।

तत्कालीन प्रधानन्यायाधीशको हैसियतमा जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो, जसपछि उनी निलम्बनमा परेका थिए ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार