मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक: सचिव हेरफेर, बिमा विधेयकलाई स्वीकृति

कोशी प्रदेश सरकारले प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको छ। सहसचिव नीता शर्मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव बन्नेछिन्। बैठकले प्रदेश बिमा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक
Share:

कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको छ।

सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव पदमा पदस्थापन गरिएको छ। उनी प्रदेश योजना आयोगको समेत कामकाज गर्नेछिन्।

बैठकले ‘कोशी प्रदेश बिमा सम्बन्धी विधेयक’ तर्जुमा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

आगामी असोज २२ र २३ गते विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन हुनेछ। सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहने कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार