NM KHABAR
मुख्य समाचार

तराईमा तातो लहरको सम्भावना: सतर्कता अपनाउन मौसमविद्को सुझाव

जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा तातो लहरको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र तातो लहर चल्ने सम्भावना छ। यसबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने मौसमविद्हरूले बताएका छन्।
Kamala Devi 24 April 2026, 7:00 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor

जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ। हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू-भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ। देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ।

यसैगरी, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ। विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना देखिएको छ। यसबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने मौसमविद्हरूले बताएका छन्।

शुक्रबार राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

Kamala Devi

सम्वाददाता

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार