काठमाडौं र भक्तपुरको सीमामा रहेको मनहरा सुकुम्बासी बस्ती पूर्ण रुपमा खाली गराइएको छ। प्रहरीका अनुसार यस अभियानमा कुल ९४१ घर टहराहरु भत्काइएका छन्।
प्रहरीका अनुसार काठमाडौं तर्फ १३१ र भक्तपुर तर्फ ८१० घर टहराहरु भत्काइएका हुन्। यो बस्तीमा ९३७ परिवार बसोबास गर्दै आएका थिए, जसमध्ये १३१ परिवार काठमाडौं र ८०६ परिवार भक्तपुर तर्फका थिए।
भत्काउने कार्यमा दुई दर्जनभन्दा बढी एक्स्काभेटर प्रयोग गरिएको थियो।