मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

मधेशका मुख्यमन्त्रीको सचिवालयमा १० जना, कर्मचारीले रोके तलब

जनकपुरधाममा मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो निजी सचिवालयमा १० जना कर्मचारी नियुक्त गरेपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीले उनीहरुको तलब रोकिदिएका छन्। संघीय सरकारको खर्च कटौतीसम्बन्धी परिपत्रले तीनजनाभन्दा बढी कर्मचारी राख्न नमिल्ने उल्लेख छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२४४

जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो निजी सचिवालयमा १० जना कर्मचारी नियुक्त गरेपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीले उनीहरुको तलब रोकिदिएका छन्। मुख्यमन्त्री यादवले १९ मंसिरमा मुख्यमन्त्री बनेपछि स्वकीय सचिव, कम्प्युटर अपरेटर, सवारीचालक र कार्यालय सहयोगीसहित १० जनालाई सचिवालयमा नियुक्त गरेका थिए। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार स्वकीय अधिकृतमा कमलदेव यादव, कम्प्युटर अपरेटरमा महेश्वर चौधरी, चालकमा दिवस दुलाल, कार्यालय सहयोगीमा विद्यालाल राउत र संजितकुमार यादवसहित १० जना नियुक्त छन्।

मधेश प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार मुख्यमन्त्रीले स्वकीय सचिवसहित १४ जनासम्म सचिवालयमा राख्न पाउने व्यवस्था छ। तर, नेपाल सरकारको ५ असोजको मन्त्रिपरिषद् बैठकले तीनै तहको सरकारले गर्नुपर्ने खर्च कटौतीबारे निर्णय गरेको थियो। अर्थ मन्त्रालयले ७ असोजमा जारी गरेको परिपत्रको बुँदा नम्बर ५ को (ट) मा प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको सचिवालयमा बढीमा तीनजना मात्र नियुक्त गर्न सक्ने उल्लेख छ।

संघीय परिपत्रलाई आधार बनाउँदै मुख्यमन्त्री कार्यालयका कर्मचारीले १० जना सचिवालयका कर्मचारीलाई तलब खुवाउन अस्वीकार गरेका छन्। मुख्यमन्त्री यादवले करिब दुई महिनाअघि तलब खुवाउनका लागि लेखाशाखामा फाइल पठाए पनि तीनजनाभन्दा बढीको तलब खुवाउन नमिल्ने भन्दै कर्मचारीले अडान लिएका छन्।

विज्ञापन

“संघीय सरकारले सचिवालयमा तीनजना भन्दा बढी नियुक्त गर्न नपाइने परिपत्र गरेको छ। हाम्रो मुख्यमन्त्रीजीले १० जना नियुक्त गर्नु भएको छ। यो संघीय सरकारको परिपत्र विपरीत हो,” मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले भने, “तलब खुवाइयो भने कर्मचारी जिम्मेवार हुनुपर्छ। भोलि फस्ने डर छ। त्यसकारण त्यो फाइल अड्केको हो।” केही दिनअघि मुख्यमन्त्री यादवले सञ्चारकर्मीसँगको भेटघाटमा आफ्नो सचिवालयका कर्मचारीले अहिलेसम्म तलबभत्ता खान नपाएको गुनासो गरेका थिए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार