NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

हन्ताभाइरस: डब्ल्यूएचओले १२ देशलाई सतर्क गरायो, महामारी नबन्ने स्पष्टीकरण

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले 'एमभी होन्डियस' क्रुज जहाजमा हन्ताभाइरसका आठ केस फेला परेपछि १२ देशलाई सतर्क गराएको छ। डब्ल्यूएचओ प्रमुखले यो कोभिड-१९ जस्तो महामारी नबन्ने स्पष्ट पारेका छन्।
Bikram Magar
Bikram Magar
8 May 2026, 9:04 am १ मिनेट पढाइ
आकार:
Share:

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘एमभी होन्डियस’ क्रुज जहाजमा हन्ताभाइरसका आठ केस फेला परेपछि १२ देशलाई सतर्क गराएको छ।अर्जेन्टिनाबाट प्रस्थान गरेको उक्त डच क्रुज जहाजमा हालसम्म आठवटा केस फेला परेका छन्, जसमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको छ र तीनजनालाई शंकास्पद बिरामीका रूपमा राखिएको छ। जहाजमा सवार तीनजना यात्रुको मृत्यु भइसकेको छ।डब्ल्यूएचओले बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, सिंगापुर र टर्की लगायतका १२ देशलाई सतर्क गराएको छ। यी देशका नागरिक सेन्ट हेलेनामा उक्त क्रुज जहाजबाट ओर्लिएका थिए।

डब्ल्यूएचओ प्रमुख: हन्ताभाइरस कोभिड-१९ जस्तो महामारी बन्दैन

मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओ प्रमुखले हन्ताभाइरस कुनै नयाँ भाइरस नभएको र यो कोभिड–१९ जस्तो महामारी नबन्ने स्पष्ट पारेका छन्। उनले भने, “यो कोरोना भाइरस होइन र यो महामारी पनि होइन। यो संसारले कोभिड–१९ को समयमा देखेको जस्तो अवस्था होइन।” हन्ताभाइरस मुख्य रूपमा मुसाको सम्पर्कबाट फैलिन्छ र कोरोना भाइरसजस्तै हावामार्फत मानिसबाट मानिसमा सजिलै सर्दैन, बरु मुख्यतः बन्द स्थान वा प्रत्यक्ष शारीरिक सम्पर्कका माध्यमबाट फैलिन सक्छ।हाल डब्ल्यूएचओ नेदरल्यान्ड्सका चिकित्सक र युरोपेली रोग नियन्त्रण तथा निवारण केन्द्रका विज्ञहरूको टोली जहाजमै बसेर यात्रुहरूको स्वास्थ्य परीक्षण र जोखिम मूल्यांकन गरिरहेको छ। यसको ‘इन्क्युबेसन पिरियड’ ६ हप्तासम्म हुन सक्ने भएकाले आगामी दिनमा थप संक्रमण देखिन सक्ने अनुमान गरिएको छ। डब्ल्यूएचओले हाल सार्वजनिक स्वास्थ्यका लागि समग्र जोखिम कम रहेको जनाएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

Nmkhabar का कूटनीति तथा अन्तर्राष्ट्रिय मामिला संवाददाता। नेपालको परराष्ट्र सम्बन्ध, भू-राजनीति र द्विपक्षीय सम्झौताका विषयमा विशेषज्ञता।

सम्बन्धित समाचार