NM Khabar 11 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

समस्याग्रस्त सहकारी बचत फिर्ता गर्न एकीकृत कोष, राष्ट्रपतिद्वारा घोषणा

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो जानकारी दिए।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 May 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
सहकारी बचत फिर्ता कोष
Share:

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सरकारले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यो घोषणा गरे। सोमबार उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

कोषमार्फत सहकारी संस्थाले दिएका कर्जा असुली गरिनेछ। संकलित रकम बचतकर्तालाई फिर्ताका लागि प्रयोग हुनेछ।

सरकारले यसअघि नै समस्याग्रस्त सहकारीको बचत फिर्ताका लागि रिभल्भिङ कोष स्थापना गरिसकेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार