NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्रपति सम्बोधनमा प्रधानमन्त्री बाहिरिएपछि कांग्रेसले माग्यो जवाफ

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस घटनामा प्रधानमन्त्रीसँग संसदमा जवाफ मागेको छ। कांग्रेस सचेतक बासना थापाले प्रधानमन्त्रीको कार्यलाई गैरजिम्मेवार र संसदीय परम्परा विपरीतको कार्य भनेकी छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 May 2026, 1:33 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रपति रामचन्द्र पौडेलको नीति तथा कार्यक्रम प्रस्तुतिमा प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट बाहिरिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल जवाफ माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आरोप लगाइन्। उनले संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायीत्व बिर्सिएको भन्दै स्पष्ट जवाफ माग गरिन्।

‘यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’

उनले लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य हिजो बैठकमा देखिएको बताइन्। ‘राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन् ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार