NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

निर्माण सामग्रीको दोब्बर मूल्यवृद्धिविरुद्ध देशभरका आयोजना ठप्प, व्यवसायीको धर्ना

इन्धनसहित निर्माण सामग्रीको दोब्बर मूल्यवृद्धिविरुद्ध देशभरका निर्माण आयोजना ठप्प पारिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले सडक विभाग र जलस्रोत विभागमा धर्ना दिएको छ। ठेक्काको मूल्य समायोजन र म्याद थप उनीहरूको मुख्य माग हो।
Sanjay Karki
Sanjay Karki
14 May 2026, 2:32 pm १ मिनेट पढाइ
आकार:
Share:

इन्धनसहित निर्माण सामग्रीको दोब्बर मूल्यवृद्धिविरुद्ध देशभरका निर्माण आयोजना ठप्प पारिएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघ र एसोसिएट सदस्य समन्वय समितिले बिहीबार चाकुपाट ललितपुरस्थित सडक विभाग र जलस्रोत विभागमा धर्ना दिए। उनीहरूले विभागका महानिर्देशक विजय जैसी र उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए।

निर्माण व्यवसायीहरूका अनुसार इन्धन, बिटुमिनलगायतका निर्माण सामग्रीमा दोब्बरभन्दा बढी मूल्यवृद्धि भएको छ। यसले सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुगेका छन्। सरकारले यस विषयमा कुनै चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले माग सम्बोधन नगरेपछि आन्दोलनमा उत्रिएको बताए। उनले भने, “मूल्य समायोजन हुनुपर्छ। अहिलेसम्म पनि मूल्य समायोजनको विषय समाधान हुन सकेन। यति धेरै आकाशिएको मूल्यलाई व्यवसायीले थेग्न सक्ने अवस्था भएन।”

घिमिरेका अनुसार, बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य समायोजन गरिनुपर्छ। काम रोकिएका आयोजनाहरूको म्याद २०८४ असारसम्म थप गरिनुपर्छ। आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ।

उनले आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि आपत्ति जनाए। अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार