विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथांकासम्मको व्यापारिक मार्ग सडक सञ्जालमा जोडिएसँगै नेपाल, भारत र चीनबीचको सबैभन्दा छोटो पहुँच मार्ग खुलेको छ।
राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत यो ट्र्याक खोल्ने कार्य सम्पन्न भएको हो।
आयोजनाअनुसार, सङ्खुवासभाको अति दुर्गम च्याम्ताङदेखि घोङ्गम्पासम्म १०.८१ किलोमिटर खण्ड छ। यो जटिल भिर खण्डको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पायो।
सेनाले गत वैशाख २८ गते आफ्नो जिम्मेवारी पूरा गरेको छ।
