नेपाल राष्ट्र बैंकले आगोले डढेका, च्यातिएका वा नष्ट भएका नोटहरूको सटही प्रक्रियामा कडाइ गरेको छ।
राष्ट्र बैंकले ठूलो परिमाणमा यस्ता नोट सटही गर्न बैंकमा जाँदा स्थानीय तह र प्रहरीको सिफारिस अनिवार्य गरेको हो। यस निर्णयसँगै अब धेरै रकम बराबरका जलेका, च्यातिएका वा नष्ट भएका नोट साट्न बैंक पुग्दा सहजै सटही नहुने भएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो परिमाणमा नोट सटहीका लागि ल्याउँदा अनिवार्य रूपमा स्थानीय तह र प्रहरीको सिफारिस आवश्यक पर्ने बताए।
उनका अनुसार, डढेको नोट साट्नका लागि स्पष्ट कारण र सिफारिस अनिवार्य गरिएको छ। यसले नोटको क्षति र स्रोतको यथार्थता सुनिश्चित गर्न मद्दत पुग्नेछ।
