NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वैदेशिक रोजगारी ठगी नियन्त्रणमा श्रममन्त्री यादवको जोड

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्। उनले विद्यमान कानुन संशोधन र संरचनाको परिचालनमा जोड दिने बताए।
Arjun Basnet
Arjun Basnet
20 May 2026, 2:36 pm १ मिनेट पढाइ
आकार:
Share:

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताए।

मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र शोषणमा शून्य सहनशीलता अपनाइने बताए। ठगीका विषयमा उजुरी आउनेक्रम जारी रहेको अवगत गराउँदै उनले विद्यमान कानुन र नियमावली संशोधनतर्फ मन्त्रालयको ध्यान गएको स्पष्ट पारे।

उनले वैदेशिक रोजगारीलाई मर्यादित बनाउन कानुनी व्यवस्था र संरचनाको परिचालन गरिने बताए। मन्त्रालयले ठगीका घटनाहरूको उजुरीमाथि अध्ययन गरिरहेको उनले उल्लेख गरे।

मन्त्री यादवले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गरी युवालाई स्वदेशमै परिचालन गर्ने सरकारको मुख्य नीति भएको बताए। वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाबारे सरकार चनाखो रहेको र उद्धारको प्रतीक्षामा रहेका नेपालीबारे संवेदनशील रहेको धारणा राखे।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार