खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालको ‘डाबर हनी’को ब्याच नम्बर NB004DABUR गुणस्तरहीन प्रमाणित गर्दै बिक्री-वितरणमा तत्काल रोक लगाएको छ।
विभागको नमुना परीक्षणमा ५०० ग्रामको डाबर हनी (ब्याच NB004DABUR) मापदण्डविपरीत भेटियो। यसको उत्पादन मिति २०२५/१२ र उपभोग्य अवधि १८ महिना तोकिएको थियो।
विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८(२) अनुसार उक्त ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
सोही ऐनको दफा ३८(४) अनुसार विभागले उक्त ब्याचको डाबर हनी नबेच्न कम्पनीलाई निर्देशन दिएको छ।
