NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मध्यपहाडी राजमार्गमा जीप दुर्घटना: दुईको मृत्यु, तीन घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिकामा मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर र बर्दियाका नागरिक छन्। दुर्घटनामा तीन जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
Share:

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

दार्चुलाबाट जुम्ला जाँदै गरेको सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका मकवानपुरका नवीन तुलाधर र बर्दियाका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

घाइते सिराहाका सन्तकुमार साह, स्याङ्जाका अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्जका राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ।

घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दैलेखको राकम कर्णाली आधारभूत अस्पतालमा पुर्‍याएको थियो। प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार