नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित र दीपेन्द्रको कीर्तिमानी साझेदारी
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको अन्तिम खेलमा नेपालले २८१ रनको लक्ष्य दिएको छ। रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि कीर्तिमानी साझेदारी गरेका छन्।
