मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बालुवाटारबाट स्टारलिंकको डिभाइस गायब: डेमोपछि कसले लग्यो रहस्य

प्रधानमन्त्री निवास बालुवाटारबाट स्टारलिंकको एक डिभाइस हराएको छ। २०८१ कात्तिक ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्टारलिंकले डिभाइससहित डेमो प्रस्तुत गरेको थियो। डेमोपछि डिभाइस कसले र किन लग्यो भन्ने रहस्य खुलेको छैन।
Rohan Tamang
प्रविधि संवाददाता
१ मिनेट पढाइ
आकार:
स्टारलिंक डिभाइस गायब
Share:
२२७

प्रधानमन्त्री निवास बालुवाटारबाट स्टारलिंकको एक डिभाइस हराएको छ। २०८१ कात्तिक ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई इलन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकले आफ्नो प्रविधिको डेमो प्रस्तुत गरेको थियो।

नेपालमा व्यवसाय विस्तार गर्न स्टारलिंकले सरकारी ‘फेबर’ खोजेको थियो। सो क्रममा बालुवाटारमा स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एण्ड मार्केटिङ एक्टिभेसन निर्देशक रेबिका स्लिक हन्टरसहितको टोलीले डिभाइससहित डेमो प्रस्तुत गर्‍यो।

डेमो सकिएपछि डिभाइस भने रहस्यमय ढंगले गायब भएको छ। कसले र किन डिभाइस लग्यो भन्ने हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन।

Rohan Tamang

Rohan Tamang

प्रविधि संवाददाता

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार