मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

विष्णु पौडेलको हिरासत पाँचौँ पटक थपियो, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। यो पौडेलको हिरासतमा राखेर अनुसन्धान गर्न पाउने पाँचौँ पटकको म्याद थप हो। पौडेलमाथि व्यवसायीलाई गैरकानुनी लाभ पुर्‍याउन सहयोग गरेको र हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिको सेयर किनबेचमा शंकास्पद संलग्नताको आरोप छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
विष्णु पौडेल हिरासत
Share:
२०२

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ। न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिनको म्याद थपको आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। त्यसयता उनलाई यसअघि चार पटक विशेष अदालतबाट म्याद लिई न्यायिक हिरासतमा राखी अनुसन्धान गरिएको थियो।

पौडेलमाथि व्यवसायी भट्टलाई गैरकानुनी लाभ पुर्‍याउन सहयोगी भूमिका खेलेको आरोप छ। विशेष अदालतमा थुना म्याद माग गर्ने क्रममा सरकारी वकिलले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषय शंकास्पद रहेको दाबी गरेका थिए।

विज्ञापन

विभागले हिमालय एजेष्ट म्यानेजमेन्ट प्रालिको किनबेचका विषयमा अनुसन्धान गर्दा उक्त कम्पनीले विभिन्न ठाउँमा गरेको लगानीको वास्तविक स्वामित्वकर्तामाथि शंका उत्पन्न भएकाले पौडेललाई पक्राउ गर्नु परेको सरकारी वकीलको दाबी छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार