NM Khabar 16 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कांग्रेसमा गगन पक्षको महाधिवेशन तयारी: ७७ जिल्लामा निर्वाचन अधिकृत खटाइए

नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रिया सभापति गगन थापा पक्षधर समूहले तीव्र बनाएको छ। पूर्व सभापति शेरबहादुर देउवाले निर्वाचन बहिष्कार गर्न आह्वान गरेकै दिन गगन पक्षीय केन्द्रीय निर्वाचन समितिले देशभरका ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन गरेको हो। देउवा समूहले प्रक्रिया अवैधानिक भन्दै रोक्न अपिल गरे पनि गगन पक्ष अघि बढ्ने रणनीतिमा छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 September 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
कांग्रेस महाधिवेशन
Share:

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सभापति गगन थापा पक्षधर समूहले पार्टीको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियालाई तीव्र बनाएको छ। पूर्व सभापति शेरबहादुर देउवाले निर्वाचन बहिष्कार गर्न आह्वान गरेकै दिन गगन पक्षीय केन्द्रीय निर्वाचन समितिले देशभरका ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू परिचालन गरेको हो।

समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औं केन्द्रीय महाधिवेशनका लागि तल्लो तहको अधिवेशन कार्यतालिका पूर्ववत् रूपमा अघि बढाइएको छ।

कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछन्।

देउवा समूहले यो प्रक्रियालाई अवैधानिक भन्दै अदालतको फैसला नआएसम्म महाधिवेशन रोक्न र मंसिरमा मात्रै अधिवेशन गर्न अपिल गरेको छ। तर, गगन पक्ष भने पछि नहट्ने रणनीतिमा देखिएको छ।

निर्वाचन समितिले ७७ वटै जिल्लामा अधिकृतहरू पुगिसकेको र जिल्ला कार्यसमितिहरूसँग समन्वय गरी निर्वाचन प्रक्रियामा होमिसकेको जनाएको छ। संयोजक खड्काले प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार उत्साहप्रद रूपमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य तथा सबै तह र निकायलाई अनुरोध गरेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार