डोल्पामा हिमपातका कारण घुम्न गएका ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। डोल्पा प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ।
हिमपातले सञ्चार सम्पर्क विच्छेद हुँदा पर्यटकहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन। डोल्पा प्रहरीका अनुसार, थप विवरण आउन बाँकी छ।
