NM Khabar 4 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारले आज सार्वजनिक गर्दैछ १०० दिने उपलब्धि

सरकारले आफ्नो १०० दिनको कार्यकालको उपलब्धि आज सार्वजनिक गर्दैछ। शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री सचिवालयले समीक्षासहितको सूची सार्वजनिक गर्नेछ। गत फागुन २१ को निर्वाचनपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
4 July 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
सरकारको १०० दिन
Share:

सरकारले आफ्नो १०० दिनको अवधिमा हासिल गरेका उपलब्धिका बारेमा आज सार्वजनिक गर्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे सरकारका कार्यप्रगतिको समीक्षासहित १०० दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गरिनेछ ।

सरकार गठन भएको आज १०० दिन पुगेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचन पश्चात् चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो ।

सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर चैत १३ गते शपथ लिएका प्रधानमन्त्री शाहले सोही दिन सरकारले १०० दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेका थिए ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार