स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। सोमबार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले यो जानकारी दिए।
सचिव देवकोटाका अनुसार हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्योट भएको छ। यसले बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झारेको छ। मन्त्रालयले थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षण तयारी गरिरहेको छ।
यो प्रक्रियापछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फछ्र्यौट हुने अपेक्षा छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रमा बेरुजु ६० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ। गत वर्षहरुमा यो लक्ष्य ५० प्रतिशतभन्दा कम थियो।
