NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

हुम्ला-बाजुरा सीमा विवाद: गृहको टोलीद्वारा स्थलगत निरीक्षण

हुम्ला र बाजुराको सीमा विवादको स्थलगत अध्ययन गर्न गृह मन्त्रालयको टोली हुम्ला पुगेको छ। एसएसपी विमलराज पौडेल नेतृत्वको टोलीले स्थानीय नागरिक र सरोकारवालासँग छलफल गर्नेछ। प्रहरी चौकी निर्माण बजेट विवादको कारण बनेको छ, जसले झडप र चार घाइते समेत बनाएको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
1 June 2026, 9:03 am १ मिनेट पढाइ
आकार:
Share:

हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको विवाद तथा दोहोरो झडपको यथार्थ बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार, दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न आएको टोलीले घटना भएको क्षेत्र लामपाटा र च्याचौरको निरीक्षण गरी सिमकोट फर्किएको छ।

सिमकोटमा बसाइँका क्रममा टोलीले सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति, सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम रहेको छ।

गत जेठ २ देखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्र रूप लिएपछि यस विषयमा छानबिन गर्न गृह मन्त्रालयले टोली गठन गरेको थियो।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेपछि विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए, जसको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

सोही विवाद समाधान गर्नका लागि यसअघि जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र एसएसपी पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार