ताजा अपडेट: जनकपुरबाट निधिको घोषणा: नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित, नयाँ पार्टी निर्माणको आह्वान
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन्। बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा निधीले विशेष महाधिवेशन गर्ने थापाहरूले नै कांग्रेस फुटाएको दाबी गरे।
‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो,’ उनले भने, ‘जसले विशेष महाधिवेशन गर्यो, उसैले पार्टी फुटायो।’ निधीका अनुसार, ‘कानूनी रूपमा बाँकी भए पनि व्यावहारिक र राजनीतिक रूपमा पार्टी फुटिसकेको छ।’
उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको जिकिर गरे। निधीले पार्टी फुटाउनेहरू विशेष महाधिवेशन गर्नेहरू नै भएको स्पष्ट पारे।
सर्वोच्च अदालतमा पूर्वसभापति शेरबहादुर देउवाले पुनरावलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्ने उनले बताए। निधीले मंसिर २१ गतेदेखि हुने महाधिवेशन अवैध नभएको पनि बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १९ गतेदेखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशन अन्तर्गत असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ।
