NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नागढुंगा सुरुङमार्ग: जापानबाट थप साढे ५ अर्ब ऋण सम्झौता

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि जापान सरकारसँग थप साढे ५ अर्ब रुपैयाँ ऋण सम्झौता भएको छ। यसअघि सुरुङ निर्माणका लागि जापानले १६ अर्ब ऋण उपलब्ध गराएको थियो। आगामी साउन महिनाभित्र सुरुङमार्ग सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी छ।
Sanjay Karki
Sanjay Karki
4 June 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
नागढुंगा सुरुङमार्ग ऋण
Share:

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि जापान सरकारसँग थप साढे ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। यसअघि सुरुङ निर्माणका लागि जापानले १६ अर्ब ऋण उपलब्ध गराएको थियो।

मूल्यवृद्धि, धादिङतर्फ पहिरो व्यवस्थापन, परामर्शदाता भुक्तानीका लागि रकम अपुग भएपछि थप ऋण लिइएको आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापानी राजदूत माएडा तोरुले नोटमा हस्ताक्षर गरे।

ऋण सम्झौतामा अर्थ मन्त्रालयका धनीराम शर्मा र जाइका नेपाल प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरे। आयोजनाका अनुसार मुआब्जालगायतमा नेपाल सरकारको ६ अर्ब लगानी छ। समग्रमा जापान सरकारसँग साढे २१ अर्ब ऋण लिइएको छ।

२०७६ कात्तिक ४ मा सुरुङ निर्माण थालिएको थियो। आगामी साउनभित्र सर्वसाधारणका लागि खुला गर्ने तयारी छ। वैशाखमा गर्ने भनिएको परीक्षण सुरक्षा कारणले पछि सारिएको थियो।

सुरुङमार्गमा १ सय ५० कर्मचारी रहनेछन्। युसिन–एआरटी जेभीले सञ्चालनको जिम्मा पाएको छ। कर्मचारी भर्ना, तालिम र मेसिनरी खरिदको तयारी भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार