मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नारायणी नदी खतराको तहमाथि, देवघाट क्षेत्रमा बाढी पस्न थाल्यो

नारायणी नदीको जलसतह ११ मिटर पुगेको छ, जसले खतराको तह पार गरेको छ। चितवनको देवघाट क्षेत्रका केही बस्तीमा बाढी पस्न थालेको छ। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
नारायणी नदी बाढी
Share:
१०३

चितवनको देवघाटस्थित नारायणी नदीको जलसतह ११ मिटर पुगेको छ। यो खतराको तहभन्दा १ मिटरभन्दा बढी हो। नारायणीमा ७.३ मिटर पुगेपछि चेतावनी तह पार हुने गर्छ। अविरल वर्षाले नदीको बहाव बढेर खतराको तह पार गरेको हो।

जलसतह बढेसँगै भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्राधिकरणका अनुसार जलसतह अझै बढेर करिब १३ मिटरसम्म पुग्न सक्ने अनुमान छ।

चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४.६२ मिटर पुगेको छ। रिउ खोलामा ३.४० मिटर चेतावनी तह र ३.८० मिटर खतराको तह मानिन्छ। जलसतह केही घटे पनि खतराको सीमाभन्दा माथि नै छ।

नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च छ। जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भनेका छन्।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार