संघीय संसद्का दुवै सदनको बैठक बुधबार बिहान ११ बजे बस्दैछ। बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।
यस्तै, युवा तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता संसद्मा पेस गर्ने तयारी छ।
