NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रहरी देख्दा नागरिक त्रस्त: सांसद राईले गृहमन्त्रीलाई सच्याउन आग्रह

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको कार्यशैलीले नागरिकमा त्रास बढेको भन्दै गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन्। उनले विद्यार्थीको मोबाइल नष्ट गर्ने र ट्याम्पो भीरबाट खसाल्ने जस्ता घटनाको आलोचना गरे। सीमा अतिक्रमणबारे बोल्ने युवा पक्राउ परेकोमा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 June 2026, 12:18 pm १ मिनेट पढाइ
आकार:
प्रहरीको व्यवहार नागरिक त्रास
Share:

प्रहरी देख्दा नागरिकमा सुरक्षाको होइन, त्रासको अनुभूति भइरहेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले यो वातावरण लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरे। सोमबार संसद्मा विशेष समय लिएर बोल्दै उनले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराए।

राईले विद्यार्थीको मोबाइल खोसेर पानीमा डुबाएको र एक विपन्न ट्याम्पो चालकको सवारी साधन भीरबाट खसालेको घटनाको आलोचना गरे। प्रहरीले घरको छानामा ढुङ्गा हान्नेसम्मका गतिविधि गरेको दृश्यले आफूहरू मर्माहत भएको उनले बताए।

उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे संसद्मा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे। प्रधानमन्त्रीले आफैँ आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने उनको अडान छ। सभामुखको आदेशको प्रतिक्षामा रहेको उनले जनाए।

त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथिको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोमा राईले आपत्ति जनाए। माइतीघरमा विरोध प्रदर्शन गर्ने दैलेखका अजय सोडारी र हुम्लाका बर्जन बिकलाई नियन्त्रणमा लिएर झुटा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए। ती युवालाई दुःख नदिन र तत्काल रिहा गर्न राईले माग गरे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार