मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सार्वजनिक लेखा समितिद्वारा ७ खर्ब ५५ अर्ब बेरुजु ‘फास्ट ट्र्याक’बाट फछ्योटको तयारी

सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँको सरकारी बेरुजुलाई 'फास्ट ट्र्याक'बाट फछ्योट गर्ने गृहकार्य थालेको छ। समितिका सभापति भरतबहादुर खड्काले यसलाई योजनाबद्ध र आक्रामक शैलीमा अन्त्य गर्ने बताएका छन्। महालेखापरीक्षकको प्रतिवेदनअनुसार सङ्घीय सरकार मातहत मात्रै तीन खर्ब ७८ अर्बभन्दा बढी बेरुजु छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
बेरुजु न्यूनीकरण
Share:
२०६

सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँको सरकारी बेरुजुलाई ‘फास्ट ट्र्याक’बाट फछ्योट गर्ने गृहकार्य सार्वजनिक लेखा समितिले थालेको छ। ठूलो रकमको बेरुजुले सरकारी निकायको कार्यक्षमतामा प्रश्न उठाएकाले यसलाई नीतिगत सहजीकरणमार्फत टुंगो लगाइनेछ।

समितिका सभापति भरतबहादुर खड्काले वर्षौंदेखि थुप्रिएको बेरुजु सरकारी निकायको कार्यशैलीमाथि प्रश्नचिह्न भएको बताए। उनले योजनाबद्ध र आक्रामक शैलीमा बेरुजु फछ्योटको प्रयास गरिने जानकारी दिए। ‘सधैँभरि बेरुजु भनेर मात्रै हुँदैन। अब यसलाई सधैँका लागि अन्त्य गर्ने प्रयास गरेर अघि बढ्न जरुरी भइसकेको छ,’ खड्काले भने।

समितिले पहिलो चरणमा सरकारी निकायसँग बेरुजुको अवस्था र कारणबारे विस्तृत छलफल गरी नीतिगत सुधारका लागि काम गर्नेछ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सङ्घीय सरकार मातहत मात्रै तीन खर्ब ७८ अर्ब ५३ करोड ६४ लाख बेरुजु देखाएको छ। प्रदेश सरकार मातहत ३३ अर्ब ९६ करोड ९० लाख र स्थानीय तह मातहत दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख बेरुजु छ। समिति र अन्य संस्था मातहत भने एक खर्ब २२ अर्ब १९ करोड ४२ लाख रकम बेरुजु रहेको प्रतिवेदनले औंल्याएको छ।

अर्थ मन्त्रालय मातहत ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु छ। साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत सात अर्ब १० करोड ३३ लाख, साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत एक अर्ब ५३ करोड ६६ लाख, वन तथा वातावरण मन्त्रालयअन्तर्गत एक अर्ब ३४ करोड ५७ लाख र साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत एक अर्ब १६ करोड ६८ लाख बेरुजु रहेको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार