मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

विपद् व्यवस्थापन संयन्त्र गठन प्रस्ताव: रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्तावसहित शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। यसअघि पनि लामिछानेले विपद् व्यवस्थापनबारे छलफल गर्न दुई पटक बैठक बोलाएका थिए।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
सर्वदलीय बैठक
Share:
१३२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावसहित शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। यसअघि पनि लामिछानेले विपद् व्यवस्थापनका विषयमा छलफल गर्न दुई पटक सर्वदलीय बैठक बोलाएका थिए।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकको मुख्य एजेन्डा विपद् प्रतिकार्य, प्रभावकारी उद्धार, राहत तथा पुनर्निर्माणलाई गति दिन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने रहेको छ। विपक्षी दलहरूले संसद् बैठकमा पनि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको सहमति कार्यान्वयनबारे प्रश्न उठाएपछि लामिछानेले यो बैठक बोलाएका हुन्।

विज्ञापन

भदौ १० गते बसेको पहिलो बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भदौ १६ गते बसेको दोस्रो बैठकमा दोस्रो तहका नेताहरूको सहभागिता थियो। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पनि पारित गरेको थियो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार