मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सिरहाको कार्यक्रममा शिक्षामन्त्री पोखरेल विवादमा, सुरक्षाकर्मीको सहयोगमा बाहिरिए

सिरहाको औरही गाउँपालिकामा पाठ्यक्रम सुझाव संकलन कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुँदा विवाद भएको छ। वक्ता चयनको विषयमा असन्तुष्टि जनाइएको र मन्त्रीसँगै आएका व्यक्तिले अपमानजनक व्यवहार गरेको आरोप छ। विवाद चर्किएपछि मन्त्री पोखरेल सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
शिक्षामन्त्री पोखरेल विवाद
Share:
११०

सिरहाको औरही गाउँपालिकामा पाठ्यक्रम सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल विवादमा परेका छन्। सम्बोधनकै क्रममा जिल्ला समन्वय समितिका सभापति दिनेश महतोले असन्तुष्टि जनाएपछि विवाद चर्किएको हो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य शिव यादव, पुरुषोत्तम यादव, महतो, गाउँपालिकाका जनप्रतिनिधि र शिक्षक सहभागी थिए।

गाउँपालिका अध्यक्ष शिवजी यादवपछि ढिलो पुगेका मन्त्री पोखरेललाई सिधै सम्बोधनका लागि माइक दिइएको थियो। महतोका अनुसार शिक्षक र जनप्रतिनिधिलाई बोल्ने अवसर नदिएको भन्दै असन्तुष्टि थियो। मन्त्रीसँगै आएका केही व्यक्तिले ‘यो नेताको कार्यक्रम होइन’ भन्दै अपमानजनक व्यवहार गरेको महतोको आरोप छ। ‘हामी जिल्लाका जनप्रतिनिधिको आवाज नसुन्ने हो भने यो कस्तो सुझाव संकलन हो?’ उनले प्रश्न गरे।

विवाद चर्कनुको अर्को कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल खोस्न लगाइएको विषय थियो। महतोका अनुसार मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले नेपाली सेनालाई भन्दै यादवको मोबाइल खोस्न लगाएका थिए। यसपछि कार्यक्रमस्थलमा होहल्ला मच्चिएको थियो।

विज्ञापन

विवाद बढेपछि मन्त्री पोखरेलले मन्तव्य छोट्याएर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थल छाडेका थिए। यता, रास्वपा सांसद शिव यादवले भने विवादको मुख्य कारण जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो नै रहेको आरोप लगाएका छन्। दुवै पक्षको फरक दाबीले सुझाव संकलन कार्यक्रम विवादित बनेको छ।

यसैबीच, मन्त्री पोखरेलले शिक्षा सुधार कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार