मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सिरहाका वन अधिकृत १२ हजार घुससहित पक्राउ

सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियारको टोलीले उनलाई १२ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो। उनले काठ उद्योगीसँग ट्रकको दरले घुस लिएको अख्तियारले जनाएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
सिरहाका वन अधिकृत घुस
Share:
१९५

सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले कर्जन्हा नगरपालिका ४ बाट उनलाई नियन्त्रणमा लिएको हो।

कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको काठको लागि उद्योगीसँग चारचार हजारका दरले तीन ट्रक काठको घुस लिएको अख्तियारले जनाएको छ।

घुस मागेपछि सेवाग्राही अख्तियारमा पुगेका थिए। सोही सूचनाका आधारमा स्ट्रिङ अप्रेसन गरी यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार