मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सोलुखुम्बु उपाध्यक्ष र छोराविरुद्ध ४५ हजार घुस मागेको मुद्दा दायर

सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र छोरा सुनिलविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। तालिम प्रशिक्षकको काम दिलाएबापत ४५ हजार रुपैयाँ घुस मागेको र छोराको क्युआर कोडमा हाल्न लगाएको आरोप छ। अख्तियारले दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।
Arjun Basnet
१ मिनेट पढाइ
आकार:
घुस रकम मुद्दा
Share:

सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गाउँपालिकामा सञ्चालित ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस मागेको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ। उक्त रकम उनले छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएकी थिइन्।

पदीय जिम्मेवारीको दुरुपयोग गरी उपाध्यक्ष राईले छोरा सुनिलसँग मिलेमतोमा ४५ हजार रुपैयाँ रिसवत लिएको अख्तियारको ठहर छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर हो।

प्रतिवादी सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिएर प्रयोगमा ल्याएको पाइएको छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै प्रतिवादीविरुद्ध सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार