मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नक्सा संशोधनमा १ लाख घुस लिने बर्दिवासका सर्वेक्षक साह पक्राउ

नापी कार्यालय बर्दिवासका सर्वेक्षक शिवकुमार साह १ लाख घुससहित पक्राउ परेका छन्। जग्गाको नक्सा संशोधन गरिदिने बहानामा घुस मागेको आरोपमा अख्तियारले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो। विशेष अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको छ।
Arjun Basnet
१ मिनेट पढाइ
आकार:
सर्वेक्षक घुस प्रकरण
Share:

जग्गाको नक्सा संशोधन गरिदिने बहानामा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिने नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सर्वेक्षक साहलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी कार्यालयअगाडिको खाजाघरबाट मंगलबार नियन्त्रणमा लिएको थियो। जग्गाको नक्सा संशोधन गरिदिन सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिँदै साहले घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो।

पक्राउ परेका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाउन विशेष अदालतबाट बुधबार म्याद थप गरिएको छ। उनीमाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार