NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कैलालीमा सशस्त्र जवान बेहोस: ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइयो

कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको तालिमका क्रममा ७ जवान बेहोस भएका छन्। बेहोस भएकामध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ। घटना तालिमको क्रममा दौड गर्दा भएको बताइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 May 2026, 2:33 pm १ मिनेट पढाइ
आकार:
Share:

कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जना सशस्त्र प्रहरी जवानलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत दिउँसो पौन २ बजे काठमाडौं पठाइएको हो।

यसअघि बेहोस भएका जवानहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो। टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा जवान आधारभूत तालिमका क्रममा सात जना जवान बेहोस भएका थिए।

स्रोतका अनुसार दुई सय मिटर दौडका क्रममा उनीहरू अचानक बेहोस् भएका थिए। बेहोस हुनेहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले ६ जनालाई काठमाडौं ल्याइएको र एक जनाको अवस्था सामान्य रहेको बताए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार