NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमाले विद्यार्थी संगठनको बैठकमा ओलीको राजीनामाको माग, विवाद

• अनेरास्ववियुको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेको छ। • यो विषयलाई लिएर बैठकमा केहीबेर विवाद भएको छ। • यसअघि एमाले सचिवालय बैठकमा पनि ओलीको राजीनामाको विषयले प्रवेश पाएको थियो।
NM Khabar
NM Khabar
24 May 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
Share:

कीर्तिपुरमा सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेको छ। उपमहासचिव कमलराज जोशीले पार्टी नेतृत्व परिवर्तनको माग संगठनले उठाउनुपर्ने प्रस्ताव राखेका थिए।

जोशीले विद्यार्थी संगठनलाई जीवन्त राख्न ‘मुहान सफा गर्नुपर्ने’ र त्यसका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको तर्क गरेका थिए। अध्यक्ष दिपक धामीले उनको प्रस्तावलाई औपचारिक एजेन्डामा समावेश गरेनन्। त्यसपछि बैठकमा केहीबेर खैलाबैलाको स्थिति उत्पन्न भएको एक केन्द्रीय सदस्यले बताए।

करिब एक वर्षपछि बसेको यो बैठकमा ‘हालको राजनीतिक अवस्थाको समीक्षा र आगामी कार्यदिशा निर्माण’को उद्देश्य थियो।

यसैबीच, नेकपा एमालेको सचिवालय बैठकमा पनि अध्यक्ष ओलीको राजीनामाको विषयले निरन्तर चर्चा पाइरहेको छ। शुक्रबार र शनिबार बसेको बैठकमा विभिन्न ११ वटा एजेन्डामाथि छलफल भएको थियो। चार जना उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विष्णु पौडेलले नेतृत्व रूपान्तरणको आवाज उठाए।

महासचिव शंकर पोखरेलले परिमार्जनसहित अघि बढ्नुपर्ने बताए। उपमहासचिव योगेश भट्टराईले सीधै ओलीको राजीनामा मागे। उपमहासचिव लेखराज भट्टले रूपान्तरण गर्ने भए ६० वर्षमाथिका सबैले राजीनामा दिनुपर्ने बताए।

नेताहरूले निरन्तर राजीनामाको माग गरिरहे पनि ओली भने पछि हट्ने मुडमा देखिएका छैनन्। शनिबारको बैठकमा उनले ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न। म सम्झिन्नँ। म यसरी छाड्दिनँ’ भनी स्पष्ट पारेका थिए।

ओलीले केन्द्रीय कमिटीमा आफू बलियो भएको तर्क गर्दै यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर निर्णय गरिने बताएका छन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार