NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

साफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपालको पहिलो भिडन्त भुटानसँग आज

भारतको गोवामा आठौं साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ। नेपाली टोलीले समूह 'ए' मा आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछ नेपाल।
Prakash Gurung
Prakash Gurung
25 May 2026, 9:03 am १ मिनेट पढाइ
आकार:
Share:

भारतको गोवामा आठौं साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ। नेपाली टोलीले समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछ नेपाल।

नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ। प्रतियोगितामा ६ टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा भुटान र श्रीलंकासँगै छ। समूह ‘बी’ मा साविक विजेता बंगलादेश, आयोजक भारत र माल्दिभ्स छन्।

नेपालले जेठ १७ गते श्रीलंकासँग खेल्नेछ। सेमिफाइनल २० र फाइनल २३ गते हुनेछ।

सात संस्करणमध्ये ६ पटक फाइनल पुगेर पनि नेपाल उपविजेतामै सीमित भएको छ। २०२२ र २०२४ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान एन्जिला तुम्बापो सुब्बाले टोली तयार रहेको बताएका छन्। कप्तान एन्जिलाले भुटानविरुद्धको खेलमा ध्यान केन्द्रित गर्ने बताएकी थिइन्।

सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ र सबिना राना मगर टोलीमा छैनन्। युवा खेलाडीहरूमाथि नेपाली फरवार्ड लाइनको जिम्मेवारी रहनेछ।

तेस्रो पटक साफ च्याम्पियनसिपमा कप्तानी गरिरहेकी गोलकिपर एन्जिलाले अनुभवी र नयाँ खेलाडीको मिश्रण रहेको टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छिन्।

आजै समूह ‘बी’ मा आयोजक भारतले माल्दिभ्ससँग खेल्नेछ।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार