NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोजपुरका किसान अदुवाखेतीमा रमाउँदै, आम्दानी बढ्ने आशा

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसानले आम्दानी बढाउन व्यावसायिक अदुवाखेती सुरु गरेका छन्। स्थानीय सरकारले अनुदानमा बीउ वितरण र प्राविधिक सहयोग गरिरहेको छ। बाँदरको क्षति कम हुने र आम्दानी राम्रो हुने भएकाले किसान यस खेतीतर्फ आकर्षित भएका छन्।
Maya Thapa
Maya Thapa
27 May 2026, 11:33 am १ मिनेट पढाइ
आकार:
Share:

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसानले आम्दानी बढाउने उद्देश्यले व्यावसायिक अदुवाखेतीमा जोड दिन थालेका छन्। परम्परागत खेती प्रणालीबाट सीमित आम्दानी हुने भएपछि उनीहरूले अदुवालाई वैकल्पिक र आम्दानीमुखी बालीका रूपमा अँगालेका हुन्।

स्थानीय सरकार र गुराँस सहकारी संस्थाले किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गरिरहेको छ। वडाध्यक्ष बाचकुमार राईका अनुसार, आठ जना किसानले यस सहकारीमा आबद्ध भएर व्यावसायिक रुपमा अदुवाखेती गरिरहेका छन्।

वडाध्यक्ष राईले भने, “हामीले व्यावसायिक अदुवा खेतीमा जोड दिएका छौँ। खेती गर्न इच्छुक किसानलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गरेको छ। किसानलाई अनुदानमा अदुवाको बीउ वितरण गरेका छौँ।”

स्थानीय किसान मनोज राईका अनुसार, आवश्यक अनुदान सहयोग, कृषि ज्ञान, तालिम र प्राविधिक सहयोग उपलब्ध भएकाले अदुवाखेतीमा लाग्न सहज भएको छ।

किसान कमल राईले परम्परागत बालीको तुलनामा अदुवाखेतीबाट राम्रो आम्दानी हुने गरेको बताए। अझ, बाँदरले अन्य बालीको तुलनामा अदुवालाई कम क्षति पुर्याउने भएकाले किसान यस खेतीको विस्तारमा जुटेको उनको भनाइ छ।

स्थानीय किसान देवकुमार राईले व्यक्तिगत तथा सामूहिक रूपमा अदुवाखेती विस्तार भइरहेको जानकारी दिए। उनले आफूले हाल करिब तीन रोपनी क्षेत्रमा अदुवा विस्तार गरेको बताए।

खोक्सिक क्षेत्रलाई अदुवा उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय तहले अदुवाखेतीको विस्तारसँगै प्रशोधन, भण्डारण र बजारीकरणमा समेत जोड दिने योजना बनाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार