NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बजेटले तल्लो वर्गलाई उपेक्षा गर्‍यो: पूर्वअर्थमन्त्री पुन

पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मध्यम वर्ग केन्द्रित रहेको र तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरेका छन्। बजेटमा किसान, मजदुर, युवा र सुकुमबासीका लागि लक्षित कार्यक्रम नभएको तथा रोजगारी सिर्जनामा सरकारको भूमिका नदेखिएको उनको भनाइ छ। नाफामा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति र ऋणमा आधारित बजेटको स्रोतबारे पनि उनले आलोचना गरेका छन्।
NM Khabar
NM Khabar
29 May 2026, 9:02 pm १ मिनेट पढाइ
आकार:
Share:

पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरेका छन्। शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमाथि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले बजेट मध्यम वर्ग केन्द्रित रहेको बताए। किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुमबासीका लागि लक्षित कार्यक्रम समावेश नभएको उनको भनाइ छ।

पुनले राज्यको तर्फबाट रोजगारी सिर्जना गर्ने विषयलाई बजेटले उपेक्षा गरेको दाबी गरे। ‘समग्रमा मध्यम वर्ग केन्द्रित बजेट आएको छ। तल्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्,’ उनले भने, ‘मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुमबासीहरुका लागि कुनै सम्बोधन गरिएन। रोजगारी सिर्जना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन्।’ उनले रोजगारी दिने जिम्मेवारी निजी क्षेत्रको हो भनेर सरकार पन्छिन खोजेको आरोप लगाए।

उनले नाफामा सञ्चालित नेपाल टेलिकम र नेपाल वायु सेवाजस्ता सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा पनि आलोचना गरे। ‘नाफामा चलिरहेका कम्पनीको शेयर बिक्री गर्ने भनेको निजीकरणतिर लानु हो, यो ठीक छैन,’ पुनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दलहरूले मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै आएको प्रसंगमा पुनले बजेटको स्रोतका रूपमा आन्तरिक र वैदेशिक ऋणको व्यवस्था उल्लेख हुनुलाई इंगित गरे। अर्थमन्त्री वाग्लेले ४ खर्ब आन्तरिक र २ खर्बभन्दा बढी वैदेशिक ऋणबाट स्रोत जुटाउने योजनामा रहेको उनको भनाइ थियो।

‘रास्वपाका साथीहरू स्थापित पार्टीहरूले ऋण बढी लिएर देश डुबाए, जनताको टाउकोमा ऋणको भारी थपे भन्नुहुन्थ्यो,’ पुनले भने।

यद्यपि, पुनले आफूले आर्थिक वर्ष २०८०/०८१ को बजेटका केही कार्यक्रम समावेश भएकोमा सरकारलाई धन्यवाद दिन छुटाएनन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार