NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कुशीनगरबाट ५०० नेपालीको उद्धार, प्रलोभनमा पारी बन्धक बनाइएको खुलासा

भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई विभिन्न प्रलोभन देखाएर बन्धक बनाइएको प्रहरीले जनाएको छ। सुनौली नाका हुँदै उनीहरूलाई नेपाल ल्याइँदै छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 10:32 am १ मिनेट पढाइ
आकार:
Share:

भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपाली नागरिकको उद्धार गरिएको छ। प्रहरीले उनीहरूलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ।

भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले गएराति कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो।

हाल सुनौली नाका हुँदै उनीहरूलाई नेपालतर्फ ल्याइँदै गरेको रुपन्देही प्रहरीले Nmkhabarलाई पुष्टि गर्‍यो। प्रहरीका अनुसार विभिन्न प्रलोभन देखाएर नेपालबाट भारत पुर्‍याई उनीहरूलाई बन्धक बनाइएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार