NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, कार्यसूची सार्वजनिक

संघीय संसद्का दुवै सदनको बैठक आइतबार (जेठ १७) बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
31 May 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
Share:

संघीय संसद्का दुवै सदनको बैठक आइतबार (जेठ १७) बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ।

प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने मुख्य कार्यसूची छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची छ।

यसबाहेक, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ र बाध्यकारी श्रमसम्बन्धी महासन्धि, १९३० को २०१४ को प्रोटोकल नं. २९ प्रतिनिधिसभामा पेस गर्नेछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार