NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एसियन गेम्स छनोट: चीनसँग पराजित हुँदै नेपाली महिला क्रिकेट टोली बाहिरियो

एसियाली गेम्स छनोटको तेस्रो स्थानको खेलमा नेपाल चीनसँग पाँच विकेटले पराजित भयो। वर्षाले प्रभावित खेलमा डिएलएस पद्धतिबाट ४३ रनको लक्ष्य पाएको चीनले अन्तिम बलमा जित हासिल गर्‍यो। यससँगै नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ को छनोट प्रक्रियाबाट बाहिरियो।
Prakash Gurung
Prakash Gurung
31 May 2026, 11:02 am १ मिनेट पढाइ
आकार:
Share:

एसियाली गेम्स छनोटको तेस्रो स्थानको खेलमा चीनसँग पाँच विकेटले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ को छनोट प्रक्रियाबाट बाहिरियो।

वर्षाले प्रभावित खेलमा डिएलएस पद्धति अपनाइयो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेट गुमाउँदै ५० रन बनायो। वर्षाले खेल छोट्याएपछि चीनले सात ओभरमा ४३ रनको लक्ष्य पायो।

चीनले उक्त लक्ष्य अन्तिम बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। चीनकी कप्तान मिनग्यु झुले १८ रन बनाइन्। नेपालका रिया शर्माले दुई र सीता रानामगरले एक विकेट लिए।

सेमिफाइनलमा मलेसियासँग दुई विकेटले पराजित हुँदा नेपालले गेम्समा छनोट हुने अवसर गुमाएको थियो। तेस्रो स्थानका लागि चीनसँग पराजित भएसँगै नेपालको एसियन गेम्स खेल्ने सपना टुंगियो।

चीनसँगै फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भए।

एसियन गेम्स छनोटमा पुरुष क्रिकेट टोलीले भने विजयी सुरुवात गर्‍यो। पुरुष टोलीले चीनलाई २२१ रनले हरायो।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार