NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संविधान संशोधनका लागि ४४,६१३ सुझाव संकलन

संविधान संशोधनका लागि गठित कार्यदलले नागरिकबाट ४४,६१९ सुझाव संकलन गरेको छ। १९,२३९ इमेलमार्फत र २५,३७४ ह्वाट्सएपमार्फत सुझाव प्राप्त भएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
1 June 2026, 9:32 pm १ मिनेट पढाइ
आकार:
Share:

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले ४४,६१३ सुझाव प्राप्त गरेको छ। कार्यदल सचिवालयले जेठ ८ गते सूचना जारी गरी संविधान सुधारबारे लिखित सुझाव मागेको थियो।

कार्यदल सदस्यसचिव लीलाधर सुवेदीका अनुसार १९,२३९ इमेलमार्फत र २५,३७४ सुझाव ह्वाट्सएपमार्फत प्राप्त भएका छन्। कार्यदलले नागरिक सहभागिता सुनिश्चित गर्न सुझाव आह्वान गरेको थियो।

कार्यकारी राष्ट्रपति, सङ्घीयता पुनरावलोकन, संवैधानिक निकाय पुनर्संरचना, निर्वाचन प्रणाली सुधार, न्यायपालिका सुधार र जनप्रतिनिधिको योग्यता निर्धारणजस्ता विषयमा सुझाव परेका छन्। कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गरिरहेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार