NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनमतको नयाँ चाल: राष्ट्रिय वैकल्पिक मोर्चा गठनको अभियान सुरु

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समान राजनीतिक लक्ष्य भएका दलहरूसँग सहकार्य गर्न 'राष्ट्रिय वैकल्पिक मोर्चा' गठनको पहल गर्ने निर्णय गरेको छ। यसका लागि तीन सदस्यीय वार्ता टोली बनेको छ।
Sarita Pandey
Sarita Pandey
16 June 2026, 6:17 am १ मिनेट पढाइ
आकार:
राष्ट्रिय वैकल्पिक मोर्चा
Share:

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समान राजनीतिक सोच, सिद्धान्त र लक्ष्य भएका दलहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनको पहल गर्ने निर्णय गरेको छ।

यस अभियानअन्तर्गत जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग मोर्चाबन्दीका लागि औपचारिक पहल अघि बढाउने भएको हो।

पार्टीले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य, एकीकरण र साझा मोर्चा निर्माणका सम्भावनामा संवाद अगाडि बढाउन वार्ता संयन्त्रसमेत बनाएको छ।

केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरिएको छ। कार्यदलमा डा. जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य छन्।

जनमत पार्टीको यो कदमलाई परम्परागत राजनीतिक शक्ति संरचनाबाहिर वैकल्पिक राजनीतिक ध्रुव निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार