मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

परराष्ट्रमन्त्री खनाल–वाङ वार्ता: पूर्वाधार र लगानीमा सहकार्य विस्तारमा सहमति

बेइजिङमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ। दुवै देशले पूर्वाधार, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि र जनस्तरमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। नेपालले 'एक चीन नीति'प्रति प्रतिबद्धता दोहोर्‍याउँदै चीनले नेपालको सार्वभौमसत्ताप्रति समर्थन व्यक्त गरेको छ।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
नेपाल चीन वार्ता
Share:
१९९

बेइजिङमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच सोमबार उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ। दुवै देशले पूर्वाधार, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि र जनस्तरमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्।

नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै चीनविरुद्ध कुनै गतिविधि हुन नदिने स्पष्ट पारेको छ। चीनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति समर्थन पुनः व्यक्त गरेको छ।

वार्तामा पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा ग्यास अन्वेषणमा सहकार्य विस्तार गर्ने छलफल भएको थियो।

दुवै देशले विगतमा सहमति भएका परियोजनाको शीघ्र कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन्। बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा समेत सहकार्य सुदृढ बनाउने सहमति गरेका छन्।

भेटपछि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले मन्त्री खनालको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए। यसअघि खनालले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यु हाइशिङसँग भेटवार्ता गरेका थिए।

मन्त्री खनालले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गरी विज्ञान तथा प्रविधिमा सहकार्य विस्तारमा जोड दिएका थिए।

मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री वाङको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका हुन्। उनी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार