NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खोटाङमा खेलकुद बजेट हिनामिना: अध्यक्ष र कार्यालय प्रमुखमाथि छानबिनको माग

खोटाङमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विनियोजित बजेट हिनामिना भएको आरोपमा खेलकुद सङ्घसंस्थाहरूले जिल्ला प्रशासन कार्यालयमा छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लीलाभक्त केसीले बजेट दुरुपयोग गरेको आरोप छ।
Arjun Basnet
Arjun Basnet
18 June 2026, 6:05 pm १ मिनेट पढाइ
आकार:
खेलकुद बजेट हिनामिना खोटाङ
Share:

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आठ लाख बजेट हिनामिना भएको आरोपमा खोटाङका खेलकुद सङ्घ संस्थाहरूले जिल्ला प्रशासन कार्यालयमा छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेटको छ लाख ५६ हजार रुपैयाँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई ‘महेश’ले पेस्कीबापत लिएको आरोप छ।

कार्यालय प्रमुख लीलाभक्त केसीका अनुसार, मसलन्दमा २० हजार खर्च भएको छ। बाँकी एक लाख ४४ हजार रुपैयाँ २०८१ असारमा बुइपामा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खर्च भएको जनाइएको छ। अध्यक्ष राईले जेठ ३० गते पेस्की रकम तीन दिनभित्र जम्मा गर्ने बताएका थिए।

हालसम्म रकम फिर्ता नभएको भन्दै नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले बुधबार ज्ञापनपत्र बुझाउनुपरेको बताए। जिल्ला अधिकारी रेखा कँडेलले रकम हिनामिनाबारे अध्ययन गरिने प्रतिबद्धता जनाइन्।

ज्ञापनपत्रमा नेपाल कराते महासङ्घ खोटाङका अध्यक्ष सुमन राई, जिल्ला खेलकुद कबड्डी सङ्घका अध्यक्ष चन्द्रकुमार श्रेष्ठ, जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष पर्शुराम थापा ‘आशिष’, जिल्ला एथ्लेटिक्स सङ्घका उपाध्यक्ष धनिराम राई, नेपाल तेक्वान्दो सङ्घका सचिव मोहन राई, नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई, कराते अन्तरराष्ट्रिय प्रशिक्षक मोतिचन्द्र राई, भलिबल अन्तरराष्ट्रिय प्रशिक्षक जीतेन्द्र राई, भलिबल प्रशिक्षक तथा निर्णायक मिलन राई, जिल्ला बुद्धिचाल सङ्घ खोटाङका उपाध्यक्ष कृष्ण गुरुङ र फुटबल खेलाडी तथा निर्णायक शैलेन्द्र बजिमयले हस्ताक्षर गरेका छन्।

यस वर्ष जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत आयोजना भएको छैन।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार