NM Khabar 6 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्राफिक नियम उल्लंघन: २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १७६ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यस कारबाहीबाट रु १० लाख ६२ हजार जरिवाना असुल भएको छ।
Sanjay Karki
Sanjay Karki
6 July 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
ट्राफिक कारबाही
Share:

काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार १७६ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यस कारबाहीबाट रु १० लाख ६२ हजार जरिवाना असुल भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादकपदार्थ सेवन गर्ने ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०१, सङ्केत बत्ती उल्लङ्घन गर्ने १५९ र तीव्र गतिमा सवारी चलाउने २०२ चालक कारबाहीमा परेका छन्।

त्यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक फुटपाथमा पार्किङ गर्ने ११०, एकतर्फी सडकमा नियमविपरीत चलाउने ६६ र अन्य नियम उल्लंघन गर्ने एक हजार ५५ चालक कारबाहीमा परेका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार