नेपाल राष्ट्र बैंकले आज दिउँसो मौद्रिक नीति जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकले बिहान साढे ९ बजे व्यवस्थापन समितिको बैठक डाकेको थियो।
सोही बैठकलगत्तै संचालक समितिको बैठक बोलाइनेछ। उक्त बैठकबाट पारित भएपछि सम्भवतः आजै मौद्रिक नीति जारी गर्ने योजना छ।
गभर्नर डा. विश्वनाथ पौडेल भोलि भुटान जाँदैछन्। महिनाको अन्तिमसम्म भुटानमा रहने भएकाले उनले आजै मौद्रिक नीति जारी गर्न चाहेका हुन्।
चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेको सन्दर्भमा गभर्नर पौडेलले लचिलो मौद्रिक नीतिमा जोड दिएको स्रोतले जनाएको छ।
