NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वैदेशिक रोजगारी ठगीमा ५ जना पक्राउ, लाखौंको ठगीको आरोप

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले पीडितहरूबाट लाखौं रुपैयाँ ठगी गरेको आरोप छ।
Arjun Basnet
Arjun Basnet
11 July 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
वैदेशिक रोजगारी ठगी
Share:

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुली घर भई हाल बुढानिलकण्ठ-२ बस्ने ३६ वर्षीय कुनसाङ लामा, तारकेश्वर-८ बस्ने ३० वर्षीय सविन तामाङ, टोखा-११ बस्ने ३३ वर्षीय प्रकाश तामाङ, गोकर्णेश्वर-५ बस्ने ३५ वर्षीय सन्तोष लामा र सिन्धुपाल्चोक मेलम्ची-७ घर भई हाल टोखा-११ बस्ने २७ वर्षीय राजु तामाङ छन् । उनीहरूले पीडितहरूबाट लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार