पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ।
उनका भाइ तथा पूर्व प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति उनको निधन भएको हो।
पोखरेलका एक छोरा र तीन छोरी छन्। छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौं आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिनेछ।
जेठी छोरी प्रमिला प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालकी पत्नी हुन्। माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन्।
